Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

विवाद मिलाइदिने भन्दै जबरजस्ती करणी गरेको आरोपमा चितवनका इन्स्पेक्टर हिरासतमा

विवाद मिलाइदिने भन्दै जबरजस्ती करणी गरेको आरोपमा चितवनका इन्स्पेक्टर हिरासतमा


  • 2.0K
    Shares

    • images
    विवाद मिलाइदिने भन्दै जबरजस्ती करणी गरेको आरोपमा चितवनका इन्स्पेक्टर हिरासतमा

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकृतविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता भएको छ । 

    जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप छ ।

    महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बताएको छ । ३७ वर्षकी महिलाले जाहेरीमा गत असोज १ गते कार्यालयमा समस्या लिएर जाँदा छलफलपछि कफी खान बोलाएर सोही क्षेत्रको एक क्याफेमा लगि न्याय दिलाइदिन्छु भन्दै प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको उल्लेख गरेकी छिन् । 

    जाहेरीपछि आफूलाई महतका आफन्तबाट धम्की आइरहेको उनले गुनासो छ। 

     

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १२:३१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij