Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

चुपचाप छाप होइन, सोचीविचारी छाप: केपी शर्मा ओली

चुपचाप छाप होइन, सोचीविचारी छाप: केपी शर्मा ओली


  • 729
    Shares

    चुपचाप छाप होइन, सोचीविचारी छाप: केपी शर्मा ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा भावनात्मक बहकाउभन्दा तथ्य र कामको आधारमा मत माग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

    आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा व्यस्त ओलीले देशभर चुनावी मैदानमा उत्रिएका एमालेका उम्मेदवार तथा प्रचारकलाई मतदातासँग आँखामा आँखा जुधाएर संवाद गर्न आग्रह गरेका छन्।

    ओलीले भने, ‘मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस्। उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस्। एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो।’

    उनका अनुसार परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर मागिनुपर्छ। ‘बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नुपर्छ। मतदातालाई डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखामा आँखा जुधाएर प्रश्न गर्ने अवसर दिनुपर्छ,’ उनले भने।

    ओलीले भने, ‘साइको थ्रेट’ को राजनीतिले चुपचाप छाप भन्दै उक्साउँदैछ। तर स्वस्थ निर्वाचन संस्कृतिले विमर्श र निर्णयलाई प्राथमिकता दिने उनको जोड छ।'

    ‘चुपचाप छाप होइन, सोचीविचारी छाप। आँखा खोलेर भविष्य निर्माण,’ उनले आफ्नो सामाजिक सञ्जालमा आह्वान गरेका छन्।  

    झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार ओली निर्वाचन क्षेत्रमा मतदाता भेट गर्ने र उनीहरूका माग, गुनासा र सूझाव सुनिरहेका छन्।

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १९:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij