Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रवि लामिछानेलाई प्रशासनले काट्यो पत्र, निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आग्रह

रवि लामिछानेलाई प्रशासनले काट्यो पत्र, निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आग्रह


  • 1.2K
    Shares

    • images
    रवि लामिछानेलाई प्रशासनले काट्यो पत्र, निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नवलपरासी जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता उल्लंघन नगर्न सचेत गराएको छ। 

    एकै दिन ११ स्थानमा चुनावी सभा र मतदाता भेटघाटको कार्यतालिका सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले पत्र काट्दै ध्यानाकर्षण गराएको हो ।

    नवलपरासी जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको अंकुशका बाबजुद रास्वपा सभापति रवि लामिछानेले मंगलबार निर्धारित समयतालिका अनुसार नै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न स्थानमा सम्बोधन गरेका छन्। 

    प्रशासनले लामिछानेको कार्यक्रममा आचारसंहिता विपरीत शक्ति प्रदर्शन वा भड्किलो प्रचार गरिएको पाइए निर्वाचन आयोगलाई कारबाहीका लागि सिफारिस गरिने सहायक प्रजिअ तथा आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले जानकारी दिएका छन्।

    940x380-Suchana_00014_1YEsZjGfOQ.jpg

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १५:१३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij