Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

फेब्रुअरी १४ देखि आठौं नेपाल राइडर्स मिट हुने

फेब्रुअरी १४ देखि आठौं नेपाल राइडर्स मिट हुने


  • 1.1K
    Shares

    • images
    फेब्रुअरी १४ देखि आठौं नेपाल राइडर्स मिट हुने

    काठमाडौं । नेपालमा आठौं नेपाल राइडर्स मिट आयोजना हुने भएको छ । नेपालमा साहसिक मोटरसाइकल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फेब्रुअरी १४ देखि १६ सम्म मिट आयोजना हुन लागेको हो । 

    आयोजक संस्था फोर नेपाल र द हिमालयन मोटरसाईकल एक्सपिरियन्सले सोमवार काठमाडौमा पत्रकार सम्मेलन गरी लाँकुरीभञ्जाङमा कार्यक्रम हुने जानकारी दिएको छ । 

    कार्यक्रममा नेपालसहित भारत, भूटानलगायत विभिन्न देशका ५०० भन्दा बढी रोयल इन्फिल्ड राइडरहरूको सहभागिता रहने आयोजक संस्था द हिमालयन मोटरसाईकल एक्सपिरियन्सका संयोजक अर्जुन थापाले जानकारी दिए । कार्यक्रममा स्थानीय कला-संस्कृति झल्कने नृत्य, स्थानीय उत्पादन तथा परिकार प्रदर्शनी पनि गरिने उनले जानकारी दिए । 

    उनका अनुसार मोटरसाइकलसम्बन्धी विभिन्न खेल प्रतियोगिता पनि आयोजना गरिनेछ ।प्रतियोगिताअन्तर्गत टग अफ वार, स्किल टाइम ट्रायल ३५०, स्किल टाइम ट्रायल ४११, स्लो रेस, कम्बो ब्याकवार्ड पुल तथा बियर चग आयोजना गरिनेछ ।

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १७:०९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij