Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

३ सय ५५ ऐनसहित संघीयस्तरमा १ हजार १ सय ३० कानून निर्माण

३ सय ५५ ऐनसहित संघीयस्तरमा १ हजार १ सय ३० कानून निर्माण


  • 498
    Shares

    • images
    ३ सय ५५ ऐनसहित संघीयस्तरमा १ हजार १ सय ३० कानून निर्माण

    काठमाडौं । संघीयस्तरमा हालसम्म १ हजार १ सय ३० वटा ऐन, कानून, नियमावली तथा निर्देशिका निर्माण भएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले यस्तो जानकारी दिएका छन् । 

    उनका अनुसार कानून मन्त्रालयको अभिलेखअनुसार ३ सय ५५ वटा ऐन, ३२५ वटा नियमावली तथा नियम, ६६ वटा गठन आदेश, १३४ वटा निर्देशिका र २५० वटा कार्यविधि निर्माण भएका छन् । उनले विधायन ऐन २०८१ को प्रभावकारी कार्यान्वयन भइरहेको पनि बताएका छन्।

    उनले प्रत्यायोजित विधायन ऐनमा भएको व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालय वा निकायबाट जारी हुने प्रत्यायोजित विधायन अनिवार्य रूपमा कानून मन्त्रालयमा दर्ता गर्ने व्यवस्था लागू गरिएको जानकारी दिएका छन् ।  हालसम्म दर्ता भएका प्रत्यायोजित विधायनमा ८ वटा नियमावली, ८ वटा विनियमावली, ४५ वटा कार्यविधि, १४ वटा निर्देशिका र १ वटा मापदण्ड रहेको मन्त्री सिन्हाले जानकारी दिएका हुन्। 

    उनले त्रुटी भएका ऐन तथा कानून संशोधन गर्न सरकार पर्यत्नशील रहेको समेत बताएका छन्।

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १७:०२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij