Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिरहाको सहजा खोलामा पुल निर्माण अलपत्र, सडक बन्द गरेर प्रदर्शनमा उत्रिए स्थानीय

सिरहाको सहजा खोलामा पुल निर्माण अलपत्र, सडक बन्द गरेर प्रदर्शनमा उत्रिए स्थानीय


  • 470
    Shares

    • images
    सिरहाको सहजा खोलामा पुल निर्माण अलपत्र, सडक बन्द गरेर प्रदर्शनमा उत्रिए स्थानीय

    काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा अलपत्र परेको पुल तत्काल निर्माणको माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।

    पुल नहुँदा बारम्बार दुर्घटना भई सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले सोमबार बिहान अलपत्र पुलकै अगाडि प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका छन् । प्रदर्शनका क्रममा स्थानीयले प्रहरी, प्रशासन र ठेकेदारविरुद्ध नाराबाजी गरेका थिए ।

    प्रदर्शनमा सहभागी स्थानीय दिपेन्द्र यादवका अनुसार पुल निर्माण अलपत्र हुँदा दैनिकजसो दुर्घटना  भइरहेको छ र निर्दोष नागरिकले ज्यान गुमाइरहनु परेको छ ।

    अर्का स्थानीय लक्ष्मी प्रसाद यादवका अनुसार वर्षामा आउने बाढी तर्न नसक्दा आवतजावत पूर्ण रूपमा ठप्प हुन्छ, जसले गर्दा दैनिक यात्रामा कष्टकर हुने गरेको छ ।

    यसैगरी अमित कुमार यादव (बन्ठा) ले पुल निर्माण सुरु भएको करिब चार वर्ष बितिसक्दा पनि काम सम्पन्न नहुनु सरकार र ठेकेदार दुवैको लापरबाही भएको आरोप लगाए ।

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १२:२७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij