Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै


  • 841
    Shares

    • images
    स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं । स्वास्थ्य सेवा विभागको तत्कालीन महानिर्देशक डा‍. संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    मिश्रासहित स्वास्थ्य सेवाको व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवणकुमार थापा, निर्देशक विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, म्याक्सिम ईनकर्पोरेशन ट्रेडर्स प्रा.लि. का संस्थापक-सञ्चालक सुन्दर भुसाल लगायत अन्य कर्मचारी र इन्जिनियरहरू विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।

    स्वीकृत लागत अनुमान करबाहेक १२ करोड ७५ लाख रुपैयाँ थियो, जबकि आपूर्तिकर्ताले १२ करोड ५५ लाख रुपैयाँमा ठेक्का कबोल गरेको थियो ।  

     

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - ११:५४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij