२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । डिजिटल वालेट इसेवाको १७औं वार्षिकोत्सवको नाममा फैलिएको ‘फिसिङ स्क्याम’बाट हास्य कलाकार मनोज गजुरेल जोगिएका छन् ।
पाँच हजार रुपैयाँ पाउने आशामा लिङ्क क्लिक गर्दा आफ्नो अकाउन्ट ह्याक हुनबाट उनी जोगिएका हुन् । पाँच हजार पाउने लोभमा फैलाइएको उक्त लिङ्कमा जोसुकैले उपहार पाउन सक्ने दाबी गरिएको छ ।
सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै गजुरेलले लेखेका छन्, “झन्डै फँसायो फेकेले १ इसेवाको हुबहु लोगो प्रयोग गरी ह्वाट्सएपमा धमाधम म्यासेज आइरहेको छ-१७ औं वार्षिकोत्सवको अवसरमा सबै ग्राहकलाई ५००० र बोनस भन्दै । इसेवाका अनुसार यो स्पामु हो । यस्ता फजुल सन्देशबाट बच्नुहोला, म नै झन्डै फँसेको । ५००० को लोभमा खाता रित्तिएला !”

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij