Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै


  • 7.4K
    Shares

    लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै
    images

    बुटवल । लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनको आज (मंगलबार) उम्मेदवारी मनोनयन हुँदैछ । आउँदो जेठ १७ गते हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी मनोनयन आज हुन लागेको हो । उमेदवारको उमेदवारी दर्ता प्रदेश निर्वाचन कार्यालय दाङमा हुने छ ।

    प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले दल त्यागको निवेदनको आधारमा सो पद रिक्त भएको थियो । आगामी निर्वाचनका लागि एमालेले चन्द्रबहादुर खड्कालाई नै उम्मेदवारको रुपमा अघि सारेको छ भने कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले कपिलवस्तुका दुर्गनारायण पाण्डेयलाई उम्मेदवार बनाएको छ ।

    एमालेले उनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेका प्रदेश अध्यक्ष लिला गिरीले जानकारी दिए । यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका दुर्गनारायण पाण्डेयलाई उम्मेदवार बनाउने भएको छ । उनी वैशाख १९ गते एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।

    लुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाता छन् । जसमा प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् । 

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - ११:२२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij