Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सिटिजन्स सन्तुलित योजनामा मागभन्दा धेरै आवेदन

सिटिजन्स सन्तुलित योजनामा मागभन्दा धेरै आवेदन


  • 771
    Shares

    सिटिजन्स सन्तुलित योजनामा मागभन्दा धेरै आवेदन

    काठमाडौं । सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि मागभन्दा धेरै आवेदन परेको छ । 

     सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने  १ अर्ब आकारको चौथो बन्दमुखी योजना ‘‘सिटिजन्स सन्तुलित योजना” को इकाईमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुबाट १ अर्ब २५ करोड भन्दा बढी अर्थात माग गरे भन्दा २५ प्रतिशत बढि रकमका लागी आवेदन परेको हो ।

    सो इकाई बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई सार्वजनिक निष्काशन तथा बिक्री पुस ४ गतेदेखि पुस १८ गतेसम्म खुल्ला गरिएकोमा प्रारम्भिक विवरण मागभन्दा धेरै आवेदन परेको छ । 

    सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको समेत लगानी रहेको छ भने यस कम्पनीका अध्यक्षको रुपमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा सबिर बादे श्रेष्ठ रहेका छन् ।

    सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभुति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार सेवा र संस्थागत परामर्श सेवा जस्ता विभिन्न सेवाहरू प्रदान गर्दै आईरहेको संस्था हो ।

     

    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - १३:००:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij