Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुगमन, एक फर्मलाई १० हजार रुपैयाँ जरिवाना

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुगमन, एक फर्मलाई १० हजार रुपैयाँ जरिवाना


  • 1.0K
    Shares

    काठमाडौं  र ललितपुरमा निरन्तर बजार अनुगमन, एक फर्मलाई १० हजार रुपैयाँ जरिवाना

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुगमन तथा निरीक्षण गरेको छ ।

    विभागले काठमाडौंको गैरीगाँउस्थित युवराज ट्रेड एण्ड सप्लायर्सलाई १० हजार जरिवाना गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ ‘क’ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

    विभागले अन्य १६ वटा फर्मलाई भने निर्देशनात्मक कारबाही गरेको छ । विभागले स्थानीय प्रशासन, जनप्रतिनिधिसहितको सहभागितामा बजारमा स्वच्छता कायम गर्न निरन्तर अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।  

     

     

    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - १२:२३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij