Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

एन्ड्रिया मेजा बनिन् यस वर्षको मिस युनिभर्स

एन्ड्रिया मेजा बनिन् यस वर्षको मिस युनिभर्स


  • 7.8K
    Shares

    एन्ड्रिया मेजा बनिन् यस वर्षको मिस युनिभर्स
    images

    यस वर्षको 'मिस युनिभर्स' मेक्सिकोकी एन्ड्रिया मेजा बनेकी छिन् । 'मिस यूनिभर्स'को ६९ औँ संस्करणमा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटल एन्ड क्यासिनो हलिउडमा भएको थियो । 

    उक्त कार्यक्रममा 'मिस यूनिभर्स २०२०'को ताज  मेक्सिकोकी २६ वर्षीया मेजाले पहिरिएकी हुन् । विश्वका ७४ देशका सुन्दरीहरुमा ताजको लागि २१ जनाले प्रतिस्पर्धा गरेका थिए । उनी २१ जना मध्येबाट छानिदै ताज जितेकी हुन् । 

    उनले उक्त कार्यक्रममा कोरोना सम्बन्धि प्रश्नको उत्तर दिएकी थिइन् । उनलाई कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भनि सोधिएको थियो । उनले उक्त प्रश्नको उत्कृष्ट जवाफ दिँदै मिस युनिभर्स को ताज जितेकी हुन् । 

    मेक्सिकोको चिहुवाहुवा सहरमा जन्मेकी मेजा लैङ्गिक हिंसा अन्त्यका लागि सक्रिय हुँदै आएकी थिइन् ।  यो प्रतियोगितामा नेपालकी अनिष्का शर्माले पनि सहभागिता जनाएकी थिइन् ।

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १५:५२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij