Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग सहकार्य गरिँदै

विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग सहकार्य गरिँदै


  • 988
    Shares

    विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग सहकार्य गरिँदै

    काठमाडौं  । विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग पनि सहकार्य गर्ने योजना अध्यागमन विभागले बनाएको छ । अध्यागमन विभागले १ जनावरी सन् २०२६ बाट लागू गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लाई प्रभावकारी बनाउन टेलिकम प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको लगानीमा सञ्चालित एनसेलसँग पनि सहकार्य गर्ने तयारी गरेको हो ।

    नेपालभित्रिने विदेशी नागरिकहरूको तथ्यांक व्यवस्थित ढंगले संकलन, अभिलेखन र विश्लेषण गर्न उक्त प्रणाली लागू  गरिएको र अधिकतम विवरण संकलनका लागि टेलिकमप्रदायक कम्पनीहरुसँग पनि सहकार्य गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनकाअनुसार नेपाल टेलिकम र एनसेलसँग सिस्टमलाई जोड्न छलफल चलिरहेको छ । आगामी हप्ता भित्रै नतिजा देखिनेछ । 

    उनकाअनुसार टेलिकमहरुबाट यदि कसैले सिम कार्ड लियो भने त्यसको विवरण अध्यागमनको प्रणालीमा आउनेछ ।  त्यसबाट सम्पूर्ण विवरणहरु थाहा पाउन सहज हुनेछ । वायुसेवा सञ्चालकहरुसँग पनि यो सिस्टम जोड्न छलफल भइरहेको छ । 

    आगामी हप्ताभित्रै जोडेर प्रणाली विस्तार गरिँदैछ । अध्यागमन विभागले आगामी मार्चबाट सबै क्षेत्रमा शुरु गर्दैछ । त्यसभन्दा अघिबाट पनि यो सिस्टम सबैतिर लागू हुन पनि सक्छ । यो प्रणालीमा आउन चाहनेहरुलाई विभिन्न एजेन्सीहरुसँग छलफल भइरहेको छ । 

    उनका अनुसार पर्यटकहरूको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवद्र्धन र अपराध नियन्त्रणका लागि उक्त प्रणाली लागू गरिएको हो । यसका लागि निजी क्षेत्रसँग सम्बन्ध भएको छ र उनीहरु यो प्रणालीलाई लागू गर्न तयार छन् ।

    सिस्टमले कसरी निगरानी गर्छ ?

    महानिर्देशक तिवारीकाअनुसार नेपाल आउने हरेक विदेशीको विवरण ट्रभल एजेन्सी, होटल, मनि एक्सचेञ्जदेखि पर्यटन विभागबाट समेत लिइँदैछ । उनीहरुलाई यो प्रणालीमा ल्याएर पर्यटकको विवरण राख्न भनिनेछ । 

    महानिर्देशक तिवारीले भने, ‘हामी चाहे तपाई एउटा विदेशी कोहि नेपाल आइसकेपछि ट्राभल गर्छ, सार्वजनिक बस अथवा एयरलाइन्समार्फत यात्रा गर्छ । होटेलहरुमा  बस्छ । सिम कार्ड लिनुप¥यो भने हाम्रो दूरसञ्चार सेवा प्रदायकमा जान्छ । त्यसपछि पैसा काट्नुप¥यो भने मनि एक्सचेञ्जमा जान्छ । अरु केही काम गर्नु अथवा बैंकमा जान्छ । त्यसपछि ट्रेडिङ माउन्टेनियरिङ गर्नप¥यो भने उनीहरुका संस्थामा जान्छ । पर्यटन विभागमा जान्छ ।  यी सबै गर्दा पर्यटक जो जो सँग ठोकिन्छ ति सबै सँग इन्काउन्टर भएको विवरणलाई सिस्टमले ट्रयाक गर्छ । त्यही विवरण प्राप्त गर्नका लागि  सबै संस्थाहरुसँग अध्यागमनले काम गरिरहेको छ ।’ 

    अहिले सम्म करिब साढे १३ सय ट्रेकिङ एजेन्सीहरु र सयको हाराहारीमा काठमाडौका तारे होटेलहरु हामीसँग जोडिएका छन् । जोडिने क्रम दिनानु दिन बढिरहेको छ ।

    सिस्टम कति सुरक्षित ?

    अध्यागमन विभागका महानिर्देशक तिवारीकाअनुसार जनावरी १ बाट लागू गरिएको यो प्रणालीलाई प्रभावकारी रुपमा लागू गराइछाडिनेछ र सिस्टममा राखिएका हरेक विवरण सुरक्षित राखिनेछ । अध्यागमनले बनाएको सिस्टमलाई सुरक्षित भरपर्दो बनाउन राष्ट्रिय साइबर सुरक्षा केन्द्र, सूचना प्रविधि विभागबाट पनि अध्यागमन विभागले अडिट गराइएको थियो । प्रणाली बारम्बार अपग्रेड गरिरहनुपर्नेछ । त्यसले पनि सिस्टम थप प्रभावकारी, सुरक्षित भरपर्दो बन्नेछ ।

     
    महानिर्देशक तिवारीले भने, ‘जुन अध्यागमनसँग पहिलेदेखि सिस्टम छ । यो प्रणाली त्यसकै एउटा मोडलको रुपमा विकास गरिएको छ । समग्रमा हेर्दा जुन हाम्रो बोर्डर कन्ट्रोल सिस्टम छ नेपाली पोर्ट भन्ने त्यो सिस्टम जति सुरक्षित हो यो विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली भनेको त्यही बराबर इक्वल सेक्युरिटी नै छ । हामी हाम्रो त्यसको डिजाइनदेखि वेभको डेभलप सोहीअनुसार गरिएको छ ।  हाम्रा समग्र सिस्टमहरुको सुरक्षा त्यसको साइबर सुरक्षाको हाम्रो पाटोमा हामीले ध्यान दिनुपर्ने एकातिर छँदै छ । फेरि यो प्रणालीलाई अध्यागमनले मात्रै नभई राष्ट्रिय साइबर सुरक्षा केन्द्र, सूचना प्रविधि विभागबाट पनि अडिट गराइएको छ । यो सिस्टमलाई त्यसपछि उनीहरुबाट पनि सहयोग लिइएको छ र भोलीका दिनमा पनि सिस्टमलाई बलियो राख्न कामहरु हुनेछ । सेक्युरिटीका कतिपय कुराहरु अपग्रेड गर्दै पनि लैजानु पर्ने हुन्छ । एकचोटी बनेका कारणले त्यो सुरक्षित हुने पनि होइन । प्राविधि हिसावले काम भइरहेको छ । अहिले के प्रष्ट पार्न चाहन्छु भने कुनैपनि व्यक्तिको वैयक्तिक सूचनाहरु चाहीँ अध्यागमन प्रणालीमा आइसकेपछि त्यो नागरिकको सुरक्षा र कानुनको कार्यान्वयन भन्दा अरु कुनैपनि हिसाबले त्यसको दुरुपयोग हुनु हुँदैन र त्यो पूर्ण सुरक्षित हुनुपर्छ र राज्यको पूर्ण नियन्त्रणमा हुनुपर्छ भन्ने कुरामा विभाग सचेत छ र कानूनले पनि त्यो कुराको ढुक्क गराएको छ ।’ 

    सिस्टम तलसम्म पु¥याउने योजना के ?

    जनावरी १ बाट लागू भएको अध्यागमनको यो सिस्टम तल्लो तहसम्म पु¥याउन सहज भने छैन । सिस्टम जानेको जनशक्ति हरेक क्षेत्रमा छैनन् त्यसले पनि चुनौती रहेको महानिर्देशक तिवारी बताउनुहुन्छ । कतिपयले यो सिस्टमका बारेमा विदेशी नागरिकसम्म अनावश्यक अफवाह फैलाएकाले सिस्टम प्रभावकारी लागू गर्न केही चुनौति देख परेको उनको भनाइ छ ।

    महानिर्देशक तिवारीले भने, ‘सबै मान्छेहरुलाई यसको आवश्यकता के हो भनेर यसलाई यथार्थ रुपमा बुझाउन जरुरी छ । अध्यागमनले गर्न खोजेको के हो भन्ने प्रष्ट नहुँदा कहिले कहीँ अनावश्यक रुपमा अफवाह फैलाउने, विदेशी नागरिकलाई डिस्करेज गर्ने हिसाबले पनि म्यासेज गरेको पाइन्छ । अनौपचारिक क्षेत्र धेरै रहेकाले यसको कार्यान्वयन चुनौती छ । जस्तो कतिपय होम स्टे, सार्वजनिक यातायातहरु छन् । यिनिहरुसँग कुनै रेकर्डहरु राख्ने त्यो लेभलको जनशक्ति छैन । त्यो लेभलको तयारी पनि छैन । त्यसो हुँदा यसमा चुनौती पनि छ । तर अध्यागमनले  गरेन भने त्यो ठिक भएन त्यसैले अहिलेलाई जहाँ जहाँ गर्न सकिन्छ त्यो कुरा ग¥यौ भने पनि हामी धेरै विदेशी नागरिकहरुको मुभमेन्टलाई हामीले रेकर्ड गर्नसक्ने स्थिति आउछ र त्यसका लागि पनि सिस्टममा विभिन्न खालका मोडलहरु बनाइएको छ ।  काठमाडौँको पाच तारे होटेल, एयरलाइन्सहरुसँग टेलिकमहरुका आफ्ना आफ्नै बलिया सिस्टमहरु छन् । उनीहरुलाई तत्कालै लागू गरिएको हो । उनीहरुसँग सिस्टम छ, त्यसको एपीआइ सिस्टमबाट डेटाहरु जति चाहिने हो त्यो डाटा सिस्टमबाटै लिइनेछ ।’

    महानिर्देशक तिवारीका अनुसार नेपालले जनावरी १ बाट लागू गरेको यो प्रणाली हरेक देशमा लागू भइसकेको छ ।  कुनै पनि देशले अध्यागमनमा यो प्रणाली लागू गरेर विवरण राख्दा पर्यटकको सुरक्षासँग पनि जोडिन्छ । कुनै पर्यटक अप्ठ्यारोमा परे नेपाल सरकारलाई उद्धार गर्न समेत यो प्रणालीले महत्वपूर्ण सहयोग गर्नेछ । तल्लो तहसम्म यो सिस्टम लैजान प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक समिति छ । सोही समितिले जिल्ला स्थिति संघसंस्थाहरुसँग छलफल समन्वय गरेर प्रभावकारी रुपमा प्रणालीलाई लागू गराउनेछ । 

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - १५:४५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij