Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

प्रकाशचन्द्र समानुपातिक बन्दसूचीमा परेनन्, राप्रपाको आन्तरिक निर्वाचनमा पराजित

प्रकाशचन्द्र समानुपातिक बन्दसूचीमा परेनन्, राप्रपाको आन्तरिक निर्वाचनमा पराजित


  • 1.5K
    Shares

    प्रकाशचन्द्र समानुपातिक बन्दसूचीमा परेनन्, राप्रपाको आन्तरिक निर्वाचनमा पराजित

    काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी समानुपातिक बन्दसूचीमा नपर्ने भएका छन् । उनी समानुपातिक बन्दसूचीमा रहने कि नरहने भन्नेबारे निर्णय लिन सोमबार भोटिङ हुँदा पराजित भएका हुन् । 

    पार्टीको कार्यसम्पादन समिति बैठकमा लोहनीबारे आन्तरिक रुपमा भोटिङ हुँदा उनको पक्षमा १४ मत परेको प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् । 

    उनले आफू विगतमा फरक पार्टीबाट समानुपातिक सांसद बनेको जिकिर गरेसँगै विवाद हुँदा यस विषय टुंग्याउन आन्तरिक मतदान गर्ने निर्णय भएको थियो । राप्रपाले यसअघि बनाएको मापदण्डमा २०६४ पछि समानुपातिकबाट अवसर पाएकालाई समानुपातिकमै नसमेट्ने भनिएको थियो । 

    राप्रपाले मंसिर २८ गते सर्कुलर गरेको मापदण्डमा जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गरी सबैलाई अवसर पाउने विषयलाई मध्यनजर राखी समानुपातिक निर्वाचनमा उम्मेदवार सिफारिस हुँदा, यस भन्दा अघिको (२०६४ सालको संविधानसभाको निर्वाचन देखि), संविधानसभा, प्रतिनिधि सभारप्रदेश सभाको निर्वाचनमा सिफारिस भई निर्वाचन आयोगको बन्दसूचीमा नाम परी निर्वाचित भएकालाई सिफारिस नगरिने र नयाँलाई अवसर दिने भनिएको थियो । 

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - १६:२७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij