Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

चालक विना चलिरहेको थियो कार, पछाडी सिटमा बसेको यात्रीलाई प्रहरीले पक्राउ गर्यो (भिडियोसहित)

चालक विना चलिरहेको थियो कार, पछाडी सिटमा बसेको यात्रीलाई प्रहरीले पक्राउ गर्यो (भिडियोसहित)


  • 10.6K
    Shares

    चालक विना चलिरहेको थियो कार, पछाडी सिटमा बसेको यात्रीलाई प्रहरीले पक्राउ गर्यो (भिडियोसहित)
    images

    संसारमा अनेकथरी मानिस हुन्छन् । एक पटक गल्ती गरेर जेल परेर छुटेपछि फेरी त्यही गल्ती गर्ने ब्यक्तिलाई तपाई के भन्नुहुन्छ ? अमेरिकामा एक भारतीय मुलका अमेरिकनले त्यस्तै गल्ती गरेका छन् । उनलाई फेरी प्रहरीले अमेरिकाको सान फ्रान्सिस्कोमा पक्राऊ गरेको छ ।

    त्यती बेला उनी चालक विना कारमा बसीरहेका थिए । ड्राइभर विनाको कारमा बसेर कतै गइरहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । अगाडी चालकको सिटमा कोही थिएन भने उनी पछाडीको सिटमा बसेका थिए ।

    टेस्ला कारमा चालक विना सफर गरेर उनले स्टन्ट इन टेस्ला गरिरहेका थिए । प्रहरीले पक्राउ गरेको खबर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा यसवारे चर्चा चलेको छ ।

    क्यालिफोर्निया राजमार्ग पुलिसका अनुसार पक्राउ परेको व्यक्तिको नाम परम शर्मा हो। उनी २५ वर्षका छन् । ऊनी आफ्नो टेस्ला कारमा पछाडि सीटमा स्टन्ट गरिरहेका थिए । उनले कार पाइलट मोडमा राखे। कार चलिरहेको बेला कोही पनि ड्राइभिङ सीटमा बसिरहेका थिएनन्। आरोपितलाई प्रहरीले पक्राउ गर्यो ।

    अचम्मको कुरा यो छ कि जब परम शर्मा जेलबाट बाहिर निस्के, उनले तुरुन्तै उही मोडेलको नयाँ कार किने र फेरि स्टन्ट गरे, फेरि कारमा बसे। यस पटक उनले कारको पछाडि सिटमा बसिरहेको एक न्युज च्यानललाई अन्तर्वार्ता पनि दिए। परमले भने, ‘म धेरै धनी छु।’एजेन्सी 

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १४:२४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij