Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

छविलाल जोशी रिहा

छविलाल जोशी रिहा


  • 491
    Shares

    छविलाल जोशी रिहा
    images

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी रिहा भएका छन् । सहकारी ठगी प्रकरणमा कारगारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक जोशी रिहा भएका हुन् ।

    थुनाबाहिर बस्न पाउनुपर्ने माग गर्दै उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, बुटवलले मिसिल पुनस् जिल्लामै फिर्ता पठाउने आदेश दिएको थियो । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको इजलासले उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो ।

    बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा उनी थुनामा थिए । जोशीले एकमुष्ट तीन करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जिल्ला अदालतले जनाएको छ।

    उनीसँगै थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भने यही पुस ३ गते उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो । उनी रिहा भएर पनि पार्टीमा सक्रिय भैसकेका छन् । लामिछानेले ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएका थिए। त्यसमध्ये एक करोड पहिल्यै बुझाएका थिए।

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - ०८:१५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij