Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

भक्तपुरको वासिङ सेन्टरमा काम गर्ने २८ वर्षीय नेपालीको मृत्यु

भक्तपुरको वासिङ सेन्टरमा काम गर्ने २८ वर्षीय नेपालीको मृत्यु


  • 708
    Shares

    भक्तपुरको वासिङ सेन्टरमा काम गर्ने २८ वर्षीय नेपालीको मृत्यु
    images

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ स्थित सिद्धार्थ पेट्रोल पम्प नजिकै वासिङ सेन्टरमा काम गर्ने मजदुरको मृत्यु भएको छ । शनिबार साँझ गाडी धुने क्रममा बेहोस भएका २८ वर्षीय महेश नेपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    दोलखाको भीमेश्वर नगरपालिका चरिकोट घर भएका नेपालीको उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो । 

    घटनाबारे अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकृतका अनुसार नेपाली छारे रोगबाट पीडित थिए । अचानक बेहोस हुँदा उनको शरीरमा चोट लागेको थियो । पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाइने भक्तपुर प्रहरीले जनाएको छ । 

     

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १३:०३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij