Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

आन्तरिक छलफलमा रास्वपा, रविलाई ३ बजे स्वागत गरिने

आन्तरिक छलफलमा रास्वपा, रविलाई ३ बजे स्वागत गरिने


  • 547
    Shares

    आन्तरिक छलफलमा रास्वपा, रविलाई ३ बजे स्वागत गरिने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा आन्तरिक छलफलमा जुटेको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार धरौटीमा रिहा भएपछि पार्टी बैठक बोलाउने सम्बन्धमा आन्तरिक गृहकार्यमा जुटेको हो । 

    उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भएपछि लामिछाने हिजो चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरेर काठमाडौं फर्किसकेका छन् । 

    लामिछानेलाई पार्टीले दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा स्वागत कार्यक्रम राखेको छ । तर केन्द्रीय समिति बैठक बोलाउने वा नबोलाउने भन्ने सम्बन्धमा निर्णय नभइसकेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन् ।

     

     

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - ११:३८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij