Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेका इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु

नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेका इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु


  • 855
    Shares

    नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेका इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु
    images

    काठमाडौं । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ ।प्रहरीका अनुसार आज बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

    सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 

    उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिएका छन् ।यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।

     

     

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १०:००:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij