Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

१४ दिनदेखि बेपत्ता १६ वर्षीय राईको खोजीका लागि परिवारको आग्रह

१४ दिनदेखि बेपत्ता १६ वर्षीय राईको खोजीका लागि परिवारको आग्रह


  • 3.5K
    Shares

    • images
    १४ दिनदेखि बेपत्ता १६ वर्षीय राईको खोजीका लागि परिवारको आग्रह

    काठमाडौं । ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । 

    उदयपुरको बेलका नगरपालिका—३ घर भई हाल ललितपुरको ढोलाहिटी बस्दै आएका राई हराएको १४ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो । 

    निजका दाई सलिन राईले खोजीका लागि मङ्सिर २३ गते नै जिल्ला प्रहरी परिसर ललितपुरमा आग्रह गरिएकामा हालसम्म पत्ता नलागेपछि कसैले देखेमा नजिकको प्रहरीलाई खबर गरिदिन वा आफूलाई सम्पर्कका लागि आग्रह गरेका हुन्  ।  

    ‘मेरो भाई पहिलो पटक यसरी सम्पर्कविहीन भएको हो । ऊ बा प्र ०२ ०५५ प ४७५९ नं को स्कूटरसहित कसैलाई नभनी आफूखुसी हिँडेकामा हालसम्म भेटाउन सकेका छैनौँ’, राईले भने, ‘हामीले आफ्नो स्रोतबाट सबै ठाउँ खोजी गरिरहेका छौँ, कसैले देख्नु वा भेट्नुभएमा नजिकको प्रहरी वा मेरो मोबाइल नं ९७६२४२९८९९ मा सम्पर्क गरिदिन सबैलाई आग्रह छ ।’

    shail-e1766145824845.jpeg

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १८:०९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij