Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

भैरहवा विमानस्थलमा हुस्सु, काठमाडौंमै रोकिए रवि

भैरहवा विमानस्थलमा हुस्सु, काठमाडौंमै रोकिए रवि


  • 1.1K
    Shares

    भैरहवा विमानस्थलमा हुस्सु, काठमाडौंमै रोकिए रवि

    काठमाडौं । रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान आउन नसक्दा रास्वपाका सभापति रवि लामिछाने काठमाडौंमै रोकिएका छन् । बिहान साढे ८ बजे  नै  त्रिभुवन विमानस्थल पुगेका लामिछाने  भैरहवा  विमानस्थल नखुलेका कारण काठमाडौंमै रोकिएका हुन् । 

    फस्ट फ्लाइटमै रुपन्देही ल्याउने तयारी भए पनि  विमानस्थलमा हुस्सु लागेका कारणले ढिलाइ भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले बताएका छन् । 

    विमानस्थल खुल्न अझै समय लाग्न सक्ने रुपन्देहीका प्रहरी प्रमुख प्रदीपबहादुर  क्षेत्रीले बताएका छन् । उनले भने, ‘भिजिवलिटी अहिले निकै कम छ, अब घाम लागेपछि मात्रै खुल्छ ।’  उच्च अदालत बुटवलले  हिजो लामिछानेलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएको थियो । 

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - ११:२९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij