Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

पाकिस्तानको एक नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

पाकिस्तानको एक नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु


  • 6.1K
    Shares

    पाकिस्तानको एक नहरमा भ्यान खस्दा  एकै परिवारका ११ जनाको मृत्यु
    images

    पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुबाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

    देशको पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा उक्त घटना भएको अधिकारीहरुले बताएका छन् । मृत्यु भएका ११ जनामध्ये सात जना बालबालिका, तीन महिला र एक पुरुष रहेका छन् ।

    घटना भएलगत्तै प्रहरीले उक्त स्थानमा पुगेर नहरमा डुबेका व्यक्तिहरुलाई बाहिर निकालेको थियो ।

    प्रहरीका अनुसार एउटा परिवारका सदस्यहरु पञ्जाबको गुजरनवाला जिल्लामा नातेदारसँग भेटघाट गरेर आफ्नो गाउँ खानखा डोगरान फर्किदै थिए ।

    प्रत्यक्षदर्शीहरुले नहरको बाटोमा तिब्र गतिमा भ्यान दौडिएको र अनियन्त्रित भएर नहरमा खसेको बताएका छन्। पाकिस्तानमा सडकको अवस्था कमजोर रहेका कारण वर्षैपिच्छे धेरै सडक दुर्घटना हुने गरेका छन् । रासस

    प्रकाशित मिति :जेठ १ २०७८ शनिवार - १६:३६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij