Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रदेश १ मा कोरोना संक्रमण नियन्त्रणका लागि सेना परिचालन

प्रदेश १ मा कोरोना संक्रमण नियन्त्रणका लागि सेना परिचालन


  • 8.0K
    Shares

    प्रदेश १ मा कोरोना संक्रमण नियन्त्रणका लागि सेना परिचालन
    images

    सुनसरी । प्रदेश १ का प्रमुख सहरमा कोरोना संक्रमण नियन्त्रणका लागि आजदेखि सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सेना परिचालनसँगै जेठ १५ गतेसम्मको लागि निषेधाज्ञासमेत जारी गरेको छ ।

    सेना परिचालन गरी निषेधाज्ञालाई कडा पारिएको प्रमुख सहरहरूमध्ये लाहुरेको सहरको रुपमा चिनिएको धरान,राजमार्गको बिसौनी भनिएको इटहरी र सुनसरीको सदरमुकाम इनरुवा हुन् । तीमध्ये धरान र इटहरी उपमहानगर र इनरुवा नगरपालिका हुन् ।

    यसअघि ती सहरमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरे पनि उचित तवरले पालना नभएको कारण संक्रमितको संख्या बृद्धि भएको निष्कर्ष निकाल्दै कडा कदम चाल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभएको छ ।

    ढकालका अनुसार निषेधाज्ञा पालना गराउन आवश्यक नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या अपुग भएकाले नेपाली सेनाको सहयोग लिइएको हो ।

    निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम,मेडिकल,एम्बुलेन्स सेवाहरू बाहेक अन्य बहानामा हिँडडुल गर्नेलाई नियन्त्रण लिई संक्रामक रोग नियन्त्रण ऐनअन्तर्गत कारबाही गरिने छ ।

    उक्त अवधिमा सुनसरी जिल्लाका सबै बजार क्षेत्र दुहबी, चतरा,रामधुनी बन्द हुनेछन् भने उद्योग तथा कलकारखानाहरू पनि बन्द हुने छ ।

    प्रकाशित मिति :जेठ १ २०७८ शनिवार - १२:४८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij