Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुँदा कोरोना संक्रमितको उपचारमा समस्या

अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुँदा कोरोना संक्रमितको उपचारमा समस्या


  • 4.9K
    Shares

    अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुँदा  कोरोना संक्रमितको उपचारमा समस्या
    images

    मनाङ ।  मनाङमा कोरोना भाइरस संक्रमितको उपचारमा समस्या देखिएको छ । अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुँदा संक्रमितको उपचार प्रभावित भएको छ भने व्यवस्थित आइसोलेसनको अभावमा जटिल प्रकारका संक्रमितलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको छ।

    मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेका अनुसार जिल्लामा तीनवटा कोभिड अस्पताल छन् । तर ती अस्पतालमा चिकित्सकहरु छैनन् । साथै, आइसोलेसन नहुँदा टेन्टमा राखेर संक्रमितको उपचार गर्नु परिरहेको उनले बताए ।

    भने,'संक्रमितको स्वास्थ्य जटिल भएमा हेलिकप्टर चार्टड गरेर पोखरा वा काठमाडौं पुर्‍याउनुको विकल्प छैन ।' समयमा हेलिकप्टर आउने अवस्था नहुँदा संक्रमितलाई अस्पतालको पहुँचसम्म पुर्‍याउन समेत गाह्रो छ । 

    स्थानीय तहले आइसोलेसन वार्ड तयार पारिरहे पनि निर्माण सम्पन्न भएको छैन । त्यसैले  केही दिनअघि संक्रमण पुष्टि भएका एक दम्पतीलाई टेन्टमा राखेर तीन दिनसम्म उपचार गर्दा स्वास्थ्य जटिल भएपछि पोखरा लगिएको थियो । लामिछानेले आइसोलेसन निर्माण हुँदै गरेकाले तत्कालको लागि त्यसरी नै टेण्टमुनि राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको बताए ।

    उनका अनुसार जिल्ला अस्पतालमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना संक्रमितलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा र एक विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

    आइसोलेसन निर्माणको अन्तिम चरणमा भनिए पनि कहिलेदेखि संचालनमा आउँछ भन्न सक्ने अवस्था छैन । जिल्ला अस्पतालको नयाँ भवनको निर्माण भइरहेको र पुरानो भवनमा संक्रमितका लागि पर्याप्त कोठा नहुँदा आइसोलेसन वार्ड सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ । 

    स्थानीय तहले निर्माण गरिरहेका आइसोलेसन केही दिनमा निर्माण सम्पन्न हुने र संचालनमा ल्याइने लामिछानेले बताए ।

    स्वास्थ्यकर्मीको अभाव

    मनाङमा जिल्ला अस्पतालको नयाँ भवन बनिरहँदा सेवा प्रवाहमा स्वास्थ्यकर्मीको पनि अभाव छ । कोभिड र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सकदेखि कर्मचारीको अभाव छ । कोरोना संक्रमितको उपचारको लागि बन्दै गरेको आइसोलेसनमा सेवा प्रवाह गर्ने चिकित्सकको अभाव रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । अस्पतालको भवन निर्माण भएपनि त्यहाँबाट सेवा प्रवाहका लागि आवश्यक पर्ने चिकित्सक, ल्याव टेक्निसियन, रेडियोग्राफी, स्टाफ नर्स, अनमी र सरसफाई कर्मचारीको अभाव छ ।

    विकट क्षेत्र भएकाले पनि यहाँको सेवामा चिकित्सक, कर्मचारी आउन नचाहने हुँदा कर्मचारीको सधैंजसो अभाव रहने गर्छ । जिल्ला अस्पताल मनाङका निमित्त प्रमुख डा.प्रतिभा गौली यहाँ भएका भेन्टिलेटर र आइसियु कक्ष संचालन गर्नसक्ने जनशक्ति समेत नभएको बताउँछिन् । जनशक्तिको अभावका कारण सबै उपकरण संचालनमा ल्याउन नसकिएको उनले बताइन् ।     

    'यहाँ आइपुगेका सामग्री समेत उपयोग गर्न सकेका छैनौं । के गर्नु कर्मचारी अभावले यी सामग्री चलाउने अवस्था छैन', उनले भनिन्, 'ठूलो मात्रामा सामग्री आइनपुगे पनि थोरै सामग्रीबाट पनि सेवा प्रवाह गर्न समस्या छ ।'

    पहिलो चरणको कोभिड १९ संक्रमणबाट यहाँ कम मानिसमा संक्रमण देखिएपनि दोस्रो चरणमा विगतको भन्दा दोब्बरमा संक्रमण पुष्टि भएको छ । पहिलो चरणमा २० जना संक्रमित भएकामा हालसम्म उक्त संख्याको दोब्बर संक्रमित थपिइसकेका छन् । रासस

     

    प्रकाशित मिति :जेठ १ २०७८ शनिवार - १२:०३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij