२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एकएकजना मन्त्री नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
ती नेताका अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय समेत भएको छ ।
गत मङ्सिर १९ गते ६ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादवलाई अर्थमन्त्री बनेका थिए ।
आज दुवै विनाविभागीय मन्त्रीसहित अन्य दलबाट समेत प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी मुख्यमन्त्री यादवले गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij