Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सिंहदरबार अगाडि घाइते जेनजीहरूकाे धर्ना

सिंहदरबार अगाडि घाइते जेनजीहरूकाे धर्ना


  • 1.6K
    Shares

    सिंहदरबार अगाडि घाइते जेनजीहरूकाे धर्ना

    काठमाडौं । विभिन्न माग राखेर अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार जाँदा प्रवेश पास नपाएपछि जेनजी घाइतेहरू सिंहदरबार अगाडि धर्नामा बसेका छन् । 

    रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्काशित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्काका साथै नेपाल धितोपत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गर्न माग गर्दै उनीहरुले अर्थमन्त्री खनाललाई भेट्न खोजेका थिए । तर अर्थमन्त्रीलाई भेट्न नपाएपछि उनीहरुले आइतबार सिंहदरबारको पश्चिम गेटमा धर्नामा बसेका हुन् । 

    जेनजी घाइतेहरूले रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरूको लागि निष्काशित आईपीओ बाँडफाँड प्रक्रियालाई तत्काल रोक्नुपर्ने, निष्पक्ष छानबिन आयोग गठनमा गरी तत्काल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नुपर्ने माग राखेका छन् । 

    त्यस्तै बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नुपर्ने र भ्रष्टाचारमा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । 

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १६:३६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij