२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा छन् । शेर्पाले नै आफ्नो श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
९ मंसिरको राति श्रीमती मिना शेर्पा र आफू ओखरबोट बजारबाट फर्कँर्दै गर्दा आफूखुसी बीच बाटोबाट हिँडेर बेपत्ता भएको भन्दै श्रीमान प्रेम दोर्चीले प्रहरीमा जाहेरी दिएका थिए ।
अनुसन्धानको क्रममा मिनाको हत्या भएको खुलेको छ। मिनाको हत्या गरेर प्रहरीमा जाहेरी दिने उनै श्रीमान प्रेम दोर्चीले गरेको खुलेको प्रहरीले जनाएको छ ।
घर फर्कने क्रममा विवाद भएपछि कुटपिट गरेर हत्या गरेपछि त्रिपालले बेरेर खाल्डो खनेर गाडेको श्रीमान् प्रेम दोर्चीले स्वीकार गरेको संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीले बताएका छन् । घटनाको १९ दिनपछि पक्राउ परेका प्रेम दोर्चीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij