२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा नेत्रहीन युवा संघ नेपाल जिल्ला शाखा चितवनले आयोजना गरेको अपाङ्गता भएका युवाहरूको रोजगारी संयोजन तथा सक्षमता प्रदर्शन कार्यक्रम हालै सम्पन्न भएको छ।
रत्ननगर नगरपालिका वडा नं. १ स्थित होटेल स्टारमा मङ्सिर २६ र २७ गते गरी दुई दिनसम्म सञ्चालित कार्यक्रममा नगरभित्रका विभिन्न किसिमका अपाङ्गता भएका युवाहरू, संघसंस्था तथा व्यवसायी व्यक्तित्वहरूको रोजगारदाताका रूपमा सहभागिता रहेको थियो। कार्यक्रमका लागि रत्ननगर नगरपालिकाले रु. १ लाख बजेट विनियोजन गरेको थियो।उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रहलाद सापकोटा प्रमुख अतिथि रहेका थिए।
पहिलो दिन अपाङ्गताको परिचय, रोजगारीको कानुनी व्यवस्था र सुविधाबारे अधिवक्ता अनिता खड्काले जानकारी गराए थिए। यसै क्रममा रिजाल फुड इन्डस्ट्रीज ले आफूले खुलाउन लागेको रोजगारीमा एकजना अपाङ्गता भएका व्यक्तिलाई आबद्ध गराउने प्रतिबद्धता जनाएको छ।
दोस्रो दिन नेत्रहीन युवा सङ्घ नेपाल केन्द्रका महासचिव अर्जुन रावलले बैंक वित्तीय संस्थाको भूमिका, स्वरोजगारका लागि पुँजी, वित्तीय पहुँच र सहुलियतबारे जानकारी दिनुभएको थियो। समाजसेवी तथा शिक्षक सल्लाहकार विपिन पाठकले रोजगारीमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, हक, अधिकार र कर्तव्यबारे प्रकाश पारेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij