Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद

एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद


  • 946
    Shares

    एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद

    काठमाडौं ।  नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । आइतबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । 

    एक नेताका अनुसार वरिष्ठ उपाध्यक्षबाहेक नै एमालेले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्यीय बनाएको छ । 

    गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी सङ्ख्या घटाएर १५ मा झारेको थियो। तर, अहिले पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि अध्यक्ष ओलीले पदाधिकारी सङ्ख्या बढाएर पुनः १९ पुर्‍याएको हो ।

    नयाँ विधानमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात गरी २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ ।

     

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १३:२९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij