Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

विधान संशोधनको माहोल बनाउने ओलीको रणनीति : केन्द्रीय सदस्यबाट सुझाव लिँदै

विधान संशोधनको माहोल बनाउने ओलीको रणनीति : केन्द्रीय सदस्यबाट सुझाव लिँदै


  • 925
    Shares

    विधान संशोधनको माहोल बनाउने ओलीको रणनीति : केन्द्रीय सदस्यबाट सुझाव लिँदै

    काठमाडौं । नेकपा एमालेको महाधिवेशनको बन्दसत्र हुने स्थान भृकुटीमण्डपमै जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउने रणनीति अघि सारेका छन्। उनले यो प्रस्ताव प्रत्यक्ष रूपमा आफैंले नगरी  निकटस्थमार्फत यसका लागि माहोल बनाइरहेको एक नेताले बताएका छन् । 

    आइतबारको बैठकमा विधान संशोधन गरेर अघि बढ्नुपर्ने वा पहिलेकै विधानलाई कार्यान्वयन गर्नुपर्ने भन्नेबारे ओली निकटका केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहेका छन्। 

    सोहीअनुसार अनुसार, केन्द्रीय सदस्य खिमलाल देवकोटा र शेरबहादुर तामाङलगायतका नेताहरूले ९ सचिव र ५ उपाध्यक्ष बनाउने गरी पदाधिकारीको आकार बढाउन बैठकमा प्रस्ताव गरेका छन् । यो प्रस्ताव केन्द्रीय समिति बैठकमा छलफलको विषय बनेको छ।

    केन्द्रीय सदस्यहरूको बोल्ने क्रम जारी रहेकाले आजको बैठकले विधान संशोधन र पदाधिकारीको सङ्ख्याबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। 

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १२:१२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij