Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

काभ्रेमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु, राजमार्ग अवरुद्ध

काभ्रेमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु, राजमार्ग अवरुद्ध


  • 1.1K
    Shares

    काभ्रेमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु, राजमार्ग अवरुद्ध

    काठमाडौं । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बसले काभ्रेमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध-२ पातलेगाँउमा बागमती प्रदेश ०१-००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा ६८ वर्षीय पोस्टबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको जल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । बीपी राजमार्गको काभ्रेभञ्ज्याङ(भकुण्डेबेसी खण्डमा गाडीहरु चलेका छैनन् ।

    राजमार्ग अवरुद्ध भएपछि उक्त सडक भएर जाने सवारीसाधनहरुलाई धुलिखेलमै रोकिएको छ ।

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - ११:४०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij