२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र पुन सारिएको छ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र १२ बजेलाई सारिएको थियो । त्यसलाई फेरी दिउँसो १ बजेका लागि सारिएको छ ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । अहिले केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ ।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिएका छन् ।
नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ । यसपटक अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij