Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि सर्‍यो एमालेको बन्दसत्र

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि सर्‍यो एमालेको बन्दसत्र


  • 1.4K
    Shares

    अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि सर्‍यो एमालेको बन्दसत्र

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

    आइतबार बिहानदेखि काठमाडौं भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने तय भएको थियो । अध्यक्ष ओलीले बिहानका लागि केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्रको समय सरेको हो ।

    प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा बिहान ९ बजेका लागि बोलाइएको हो ।

    पार्टी महाधिवेशन अन्तर्गत आइतबारबाट एमालेको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदैछ । अध्यक्षले केन्द्रीय कमिटी बैठक बोलाएपछि बिहान ७ः३० सुरु हुने भनिएको बन्दसत्र दिउँसो १२:१५ बजेका लागि सरेको हो ।

    एक केन्द्रीय सदस्यले अध्यक्ष ओलीले केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउनका लागि बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएको बताएका छन् ।

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - ०८:४९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij