Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सुशीला कार्की नेतृत्वको सरकारले संसद्को हत्या गर्‍यो : मनोज भट्ट

सुशीला कार्की नेतृत्वको सरकारले संसद्को हत्या गर्‍यो : मनोज भट्ट


  • 603
    Shares

    सुशीला कार्की नेतृत्वको सरकारले संसद्को हत्या गर्‍यो : मनोज भट्ट

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राजाहरूले जस्तै सुशीला कार्की नेतृत्वको सरकारले जनप्रतिनिधि संस्था संसद्को हत्या गरेको आरोप लगाएका छन्। 

    नेकपा (एमाले)को एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै महासचिव भट्टले जेनजी आन्दोलनका नाममा संसद्को हत्या गरिएको जिकिर गरेका हुन्। ‘जेनजी आन्दोलनको नाममा असंवैधानिक सरकार गठन भयो। त्यो सरकारको निसानामा संसद् पर्‍यो,’ भट्टले भने। 

    यो सरकरको पहिलो निर्णय जनजीविकाका सवालमा नभएर संसद्को हत्या गर्ने भएको आरोप लगाए। ‘असंवैधानिक सरकारको पहिलो काम भयो संसदको हत्या गर्नु,’ भट्टले थपे, ‘जसरी राजा महेन्द्रले संसदको हत्या गरेका थिए, राजा ज्ञानेन्द्र संसद्को हत्या गरेका थिए, त्यसरी नै सुशीला कार्की नेतृत्वको सरकारको काम भयो संसद्को हत्या गर्नु।’

    प्रकाशित मिति :मंसिर २७ २०८२ शनिवार - १४:०५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij