Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

प्रधानमन्त्री कार्कीले मनलाग्दी मन्त्री पद बाँडेको भन्दै जेनजी अभियन्ताहरु असन्तुष्ट

प्रधानमन्त्री कार्कीले मनलाग्दी मन्त्री पद बाँडेको भन्दै जेनजी अभियन्ताहरु असन्तुष्ट


  • 1.8K
    Shares

    • images
    प्रधानमन्त्री कार्कीले मनलाग्दी मन्त्री पद बाँडेको भन्दै जेनजी अभियन्ताहरु असन्तुष्ट

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको मिति नजिकिँदै गर्दा आफ्नै प्रतिबद्धताविपरीत शुक्रबार चार जना मन्त्री थप्नुभएको छ । शुक्रबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्कीले क्याबिनेटको सदस्य संख्या १४ पु¥याएउनुभएको हो ।
    यसअघि उहाँले पटक–पटक सार्वजनिक कार्यक्रममा आफ्नो मन्त्रिपरिषद् १२ सदस्यभन्दा ठूलो नहुने र विज्ञहरूलाई मात्र मन्त्री बनाइने दाबी गर्नुभएको थियो । तर उहाँले विनाविज्ञता मनलाग्दी रुपमा मन्त्री नियुक्त गर्नुभएको हो ।

    प्रधानमन्त्री कार्कीको सिफारिसमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्रीमा माधव चौलागाईं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा कुमार इङ्नाम नियुक्त हुनुभएको हो । उहाँहरुले शुक्रबार नै मन्त्रालयमा पुगेर पदबभार ग्रहण गर्नुभएको छ ।

    सरकार विस्तारको यो कदमले जेनजी अभियन्ताहरूलाई असन्तुष्ट बनेका छन् । उनीहरूले प्रधानमन्त्री कार्की मनमौजी ढङ्गले अघि बढेको र आन्दोलनको धरातल बिर्सिएको आरोप लगाएका छन् । जेनजी अभियन्ता मोनिका निरौलाले मन्त्री छनोट प्रक्रियामा आफूहरूको सुझावलाई लत्याइएको बताउनुभयो । ‘हामीले सुरुदेखि नै गैरदलीय विज्ञ नियुक्त गर्दा बन्द सूचीबाट होइन, ‘ओपन रिक्रुटमेन्ट’ अर्थात् खुला प्रतिस्पर्धाको प्रक्रिया अपनाउनुपर्छ भनेका थियौँ,’ उहाँले भन्नुभयो– ‘आखिर गैरदलीय छान्ने हो भने किन बन्द लिस्टबाट ? खुला, प्रतिस्पर्धात्मक र समावेशी फ्रेमवर्क बनाएर छान्नुपर्छ भन्ने हाम्रो प्रस्ताव थियो, तर त्यो अल्पमतमा प¥यो ।’

    अर्का अभियन्ता सौगात विश्वकर्माले सरकारको नियुक्ति प्रक्रियाले जो–कोही पनि मन्त्री हुन सक्ने जस्तो अवस्था सिर्जना गरेको टिप्पणी गर्नुभयो । ‘सुरुमा केही साथीहरूले प्रधानमन्त्रीलाई ‘तपाईंलाई जे मन लाग्छ त्यही गर्नुस्’ भनेर छुट दिनुभयो, तर अहिले नियुक्ति प्रक्रिया देखेर उहाँहरू पनि सन्तुष्ट हुनुहुन्न’ –विश्वकर्माले भन्नुभयो ।

    जेनजी युनाइटेड मुभमेन्ट फर चेन्जले मन्त्रिपरिषद् विस्तारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । ‘प्रधानमन्त्री आफ्नै ढङ्गले अगाडि बढ्नुभएको छ । सरकार जेनजीको भनिएको छ तर जेनजीलाई पूरै बेवास्ता गरिएको छ,’ अभियन्ता ज्योतिका फुर्केली भन्नुभयो– ‘मनलाग्दी रूपमा मन्त्रिपरिषद् बनाइएको छ । जेनजीले नै नचिनेको मान्छे सरकारमा ल्याइएको छ । खै कसको पो स्वार्थमा ल्याएको हो ?’

    प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी एक जेनजी अभियन्ताले भने– ‘उहाँलाई को मन प¥यो, कसको कहाँ सेटिङ भयो, उही मन्त्री भइहाल्यो । के सोचेर आन्दोलन गरेका थियौँ, अहिले के भइरहेको छ ! यो सरकार पनि तजबिजी ढङ्गले अगाडि बढ्न खोज्दै छ ।’ चुनावको तयारीमा जुट्नुपर्ने सरकार मन्त्रिपरिषद् विस्तारको किचलोमा फस्दा प्रधानमन्त्री कार्की र उनलाई सत्तामा पु¥याउने जेनजी आन्दोलनबिचको दूरी बढ्दै गएको टिप्पणी हुन थालेको छ ।

    प्रकाशित मिति :मंसिर २७ २०८२ शनिवार - ०९:१०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij