Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

श्रममन्त्री भण्डारीले गरे पदभार ग्रहण, आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्ने प्रतिवद्धता

श्रममन्त्री भण्डारीले गरे पदभार ग्रहण, आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्ने प्रतिवद्धता


  • 1.8K
    Shares

    • images
    श्रममन्त्री भण्डारीले गरे पदभार ग्रहण, आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्ने प्रतिवद्धता

    काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभुति हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    शुक्रवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोडन आफूले कठोर कदम चाल्ने घोषणा समेत गरेका छन् । 

    स्पेशल टाक्सफोर्स नै बनाएर सो काम आफूले गर्न चाहेको उनको भनाई थियो । नवनियुक्त मन्त्री भण्डारीले आफूले लामो भाषण नभई कामै गरेर देखाउने अठोट लिएको पनि बताएका छन् ।
     
    उनले भने, ‘संगठित किसिमका जति पनि गिरोहहरु छन । तिनीहरुलाई पक्कै कठोर कारबाही गर्नुपर्छ । र, हामीेले जुन मिडियामा देखिराखेका छौ । यो जालो तोडनै पर्छृ । यसका लागि एकखाले मेरो अनुभवले काम गर्छ भन्ने मलाई लागिराखेको छ । यसका लागि सहकार्य गर्नका लागि सम्बन्धित गृह प्रशासन र प्रहरीका साथीहरुसँग पनि मैले सहकार्य गर्नुपर्ने हुन्छ । स्पेशल टास्कफोर्स बनाएर पनि जान सकिन्छ कि । अव हामीलाई धेरै लामो लामो भाषण गरेर भन्दा पनि एक्शन आम नागरिकलाई सुशासनको प्रत्याभूति कम्तिमा अनुभूत गरुन् भन्ने किसिमले काम गर्ने योजना छ । ताकि उनीहरुले सरकारले केही ग¥यो भन्ने अनुभुति गरुन् ।’

    मन्त्री भण्डारीले गृह मन्त्रालयको समन्वयमा आफूले श्रम सम्बन्धि अपराध अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । 
     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १७:४१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij