Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

पूर्वराजाको ‘भान्जा’ बनेर ठग्ने अनुप सिंह पक्राउ

पूर्वराजाको ‘भान्जा’ बनेर ठग्ने अनुप सिंह पक्राउ


  • 1.9K
    Shares

    पूर्वराजाको ‘भान्जा’ बनेर ठग्ने अनुप सिंह पक्राउ

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘भान्जा हुँ’ भनेर ठग्ने अनुप कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । सिंह भारत भाग्दै गरेको अवस्थामा झापाको धुलाबारीबाट प्रहरीले पक्राउ गरेका हुन् । सिंहसँगै उनका साथि लड्डु श्रेष्ठ पनि पक्राउ परेका छन् ।

    ठगी गरेको आरोपमा सिंहलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताएका छन् ।

    बेलायतमा पूर्व राजपरिवारको लगानीमा ड्रिमल्याण्ड नामको होटल सञ्चालनमा आउन लागेको भन्दै सिंहले सिन्धुली घ्याङलेकका ५० जना भन्दा धेरैलाई ठगेको आरोप छ । आफूलाई मनोज कुमार भनेर चिनाउने सिंह यसअघि पनि ठगी मुद्दामा पक्राउ परेर २०८१ चैत १ मा जेल चलान भएका थिए । जेलबाट छुटेपछि उनले फेरि ठगी धन्दा सुरु गरेको अनुसन्धानबाट थाहा भएको एसपी आचार्यले बताएका छन् ।

    आरोपीहरू विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म सिंह र उनका सहयोगी श्रेष्ठविरुद्ध ४ करोड ठगेको उजुरी आएको आचार्यले जानकारी दिएका छन् ।

     

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १६:४४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij