२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको निर्वाचनमा ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । १० विद्युतीय भोटिङ मेसिन ‘ब्याकअप’मा राखिने भएको हो।
एमालेले बिहीबार विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि सम्झौता गरेको थियो । भोटिङ मेसिन एमाले पार्टी कार्यालय च्यासलमा नमुना भोटिङका लागि राखिएको छ ।
विद्युतीय भोटिङ मेसिनका निर्माणकर्ता लक्ष्मण रिमालले प्रशिक्षणस्वरूप भोटिङका लागि भोटिङ मेसिन अहिले च्यासलमा राखिएको जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij