Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

गौशालाको ओम सहारा गेष्ट हाउसमा एक पुरुष मृत फेला

गौशालाको ओम सहारा गेष्ट हाउसमा एक पुरुष मृत फेला


  • 1.3K
    Shares

    गौशालाको ओम सहारा गेष्ट हाउसमा एक पुरुष मृत फेला

    काठमाडौं । काठमाडौंको गेष्ट हाउसमा एक पुरुष मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–९ गौशालाको ओम सहारा गेष्ट हाउसमा रामेछाप दोरम्बा गाउँपालिका–२ का अन्दाजी ३५ वर्षीय फुर्वा तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

    काठमाडौं महानगरपालिका–३२ दोभानपुलस्थित वाग्मती खोलामा पनि एक व्यक्ति मृत फेला परेका छन् । महादेवस्थान बस्ने ५५ वर्षीय बैगुहरी भट्टराई वाग्मती खोलामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

    भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित पाटीमा पनि एक व्यक्ति मृत फेला परेका छन् । नाम, थर नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १५:०४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij