Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

चिनियाँका लागि दिइने व्यावसायिक भिसामा भारत लचिलो

चिनियाँका लागि दिइने व्यावसायिक भिसामा भारत लचिलो


  • 862
    Shares

    चिनियाँका लागि दिइने व्यावसायिक भिसामा भारत लचिलो

    काठमाडौं । चिनियाँ व्यवसायीका लागि व्यावसायिक भिसाको प्रक्रियाहरू भारतले सरल बनाएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार भारतले चिनियाँ व्यावसायीका लागि भिसा प्रदानमा हुने ढिलाइलाई कटौती गरेको छ ।

    अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । एसियाली दिग्गजहरू बीचको सम्बन्धलाई सुदृढ पार्न र प्राविधिकहरूको अभावका कारण अर्बौं डलरको उत्पादन खर्च हुने दीर्घकालीन ढिलाइ अन्त्यका लागि यो एक प्रमुख कदम हो ।

    यसैबीच चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भारतको कदमलाई सकारात्मक भनेका छन् ।

    ‘कर्मचारी आदानप्रदानको सहजीकरणलाई प्रवर्द्धन गर्नु सबै पक्षहरूको साझा हितमा छ, र चीन दुई देशहरू बीचको आदानप्रदानको सहजीकरण स्तरलाई निरन्तर बढाउन भारतसँग सञ्चार र परामर्श कायम राख्न इच्छुक छ ।’ गुओको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले भनेको छ ।

    यसअघि शुक्रबार दुई अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले चिनियाँ व्यवसायीका लागि व्यावसायिक भिसा दिने प्रकृयालाई भारतले सरल बनाएको समाचार प्रकाशित गरेको थियो ।

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १४:२९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij