Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक

सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक


  • 848
    Shares

    सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक

    काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्नो तीन वर्षे कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गरेका हुन् । 

    अर्यालको तीन वर्षे कार्यकालमा सशस्त्रको प्रत्येक युनिटहरुमा नेपाल एपिएफ अस्पतालबाट चिकित्सक खटाई सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई ६\६ महिनामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था शुरुवात गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले कल्याणकारी सेवा केन्द्रबाट १० लाख रुपैयाँसम्मको सीमा आवास कर्जाको व्यवस्था गरिएको उल्लेख गर्दै हालसम्म ७६ जना सशस्त्र प्रहरी कर्मचारीहरु लाभान्वित भएको जानकारी गराएका छन् ।

    उनका अनुसार सबै सबै ईकाइको आदर्श वाक्य निर्माण गरिएको छ । उनले विष्फोटक पदार्थको भण्डाण सम्बन्धमा अध्ययन गरी ३ स्थानमा बंकर निर्माण गरिएको जानकारी दिएका छन् । रेलवे, टनेल तथा बोटहरुको सुरक्षार्थ कस्तो तयारी गर्ने भन्ने सम्बन्धमा अध्ययन गरिएको तथा युनिट कमाण्डहरुलाई एक्शन प्लान बनाएर कार्यान्वयनमा ल्याउने व्यवस्था समेत शुरुवात गरिएको बताएका छन् ।

    विपद् व्यवस्थापन, आकस्मिक उद्धार क्षमता, सडक सुरक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरणका लागि ठोस कदम अघि बढाएको समेत थापाले बताएका छन् । राष्ट्रिय सडक सुरक्षा परिषद्सँग समन्वय गरी पोस्ट–क्र्यास रेस्पोन्स एण्ड केयर सेवा शुरु गर्न एमओयू भएको तथा दुर्घटना पश्चात तुरुन्त उपचारका लागि सम्बन्धित निकायका कर्मचारीलाई मेडिकल फस्र्ट रेस्पोन्स तालिम दिइएको पनि बताएका छन् । 

    प्रगति विवरणमा प्राकृतिक विपद् तथा सवारी दुर्घटनामा परेका घटनाहरुको उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा ३७ वटा स्थानीय तहमा विपद् स्वयंसेवक तालिम सञ्चालन भई समुदायस्तरमा विपद्को समयमा परिचालन हुनसक्ने दक्ष जनशक्तिको रुपमा ९ सय ९० जना विपद् स्ययंसेवक तयार गरिएको पनि बताएका छन् ।  

    सीमा सुरक्षा, निर्माण कार्य र स्वास्थ्य शिविर जस्ता महत्वपूर्ण कार्यहरु अर्यालको तीन वर्षे कार्यकालमा सम्पन्न गरिएको उनको भनाइ छ । 

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १४:१०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij