Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

अन्तरनिर्वाचन क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि मतदान गर्ने व्यवस्था गर्दै सरकार

अन्तरनिर्वाचन क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि मतदान गर्ने व्यवस्था गर्दै सरकार


  • 1.1K
    Shares

    • images
    अन्तरनिर्वाचन क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि मतदान गर्ने व्यवस्था गर्दै सरकार

    काठमाडौं । सरकारले अन्तरनिर्वाचन क्षेत्रमा बस्ने नागरिकहरूका लागि मतदानको व्यवस्था गर्न लागेको छ । त्यसका लागि कानुन संशोधनको काम अगाडि बढेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका सूचना अधिकारी कुलबहादुर जिसीका अनुसार यसबारे विज्ञहरूसँग सल्लाह लिने काम भइरहेको छ । सरकारले विदेशमा रहेका नेपाली तथा नेपालमै अन्तरनिर्वाचन क्षेत्रमा रहेका नेपालीलाई कसरी मतदानमा सहभागी गराउने भन्नेबारे कानुन बनाउने तयारी गरेको उनको भनाइ छ ।

    मतदानका लागि हरेक पालिकामा कम्तीमा एउटा विशिष्टीकृत मतदान केन्द्र निर्धारण गरी मतदाताहरूको भौतिक उपस्थितिमै मतदान गराउने व्यवस्था गर्नुपर्ने सुझाव सरकारको थिङ्कट्याङ्क संस्था नीति अनुसन्धान प्रतिष्ठानले सुझाव दिएको छ । सोही अनुसार कामलाई अगाडि बढाएको आयोगले जनाएको छ ।

    मतदान गर्नेहरूको हकमा मतदान सम्पन्न भएको सम्बन्धित जिल्लामा अलग्गै मतगणना गरेर त्यसको मतपरिणाममात्र आयोगमार्फत् सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्रमा पठाउने नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १३:०६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij