Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

अन्तरनिर्वाचन क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि मतदान गर्ने व्यवस्था गर्दै सरकार

अन्तरनिर्वाचन क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि मतदान गर्ने व्यवस्था गर्दै सरकार


  • 827
    Shares

    अन्तरनिर्वाचन क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि मतदान गर्ने व्यवस्था गर्दै सरकार

    काठमाडौं । सरकारले अन्तरनिर्वाचन क्षेत्रमा बस्ने नागरिकहरूका लागि मतदानको व्यवस्था गर्न लागेको छ । त्यसका लागि कानुन संशोधनको काम अगाडि बढेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका सूचना अधिकारी कुलबहादुर जिसीका अनुसार यसबारे विज्ञहरूसँग सल्लाह लिने काम भइरहेको छ । सरकारले विदेशमा रहेका नेपाली तथा नेपालमै अन्तरनिर्वाचन क्षेत्रमा रहेका नेपालीलाई कसरी मतदानमा सहभागी गराउने भन्नेबारे कानुन बनाउने तयारी गरेको उनको भनाइ छ ।

    मतदानका लागि हरेक पालिकामा कम्तीमा एउटा विशिष्टीकृत मतदान केन्द्र निर्धारण गरी मतदाताहरूको भौतिक उपस्थितिमै मतदान गराउने व्यवस्था गर्नुपर्ने सुझाव सरकारको थिङ्कट्याङ्क संस्था नीति अनुसन्धान प्रतिष्ठानले सुझाव दिएको छ । सोही अनुसार कामलाई अगाडि बढाएको आयोगले जनाएको छ ।

    मतदान गर्नेहरूको हकमा मतदान सम्पन्न भएको सम्बन्धित जिल्लामा अलग्गै मतगणना गरेर त्यसको मतपरिणाममात्र आयोगमार्फत् सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्रमा पठाउने नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १३:०६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij