Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

मन्त्रिपरिषद् विस्तार हुँदै, ४ नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे

मन्त्रिपरिषद् विस्तार हुँदै, ४ नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे


  • 1.1K
    Shares

    मन्त्रिपरिषद् विस्तार हुँदै, ४ नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

    आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् ।

    आज विस्तार हुने मन्त्रिपरिषद्‍मा चार जना मन्त्री थपिने स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रीमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन् ।

    चौलागाईं नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष हुन् । भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुन् भने श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन् ।

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - ११:५९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij