२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-४ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचक नजिक ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरका अनुसार ट्रक र कार एक–अर्कालाई ओभरटेक गर्ने क्रममा बिहान ७ः५० बजे ठोक्किँदा कारमा सवार करिब ८०-९० वर्षका बारा नीजगढ घर भई नाम नखुलेका एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा कार चालक बारा निजगढका करिब ३० वर्षीय दिनेश थपलिया र चन्द्रपुर-६ का २० वर्षीय डोरमणि सापकोटा घाइते भएका छन्। थपलियाको टाउको र अनुहारमा चोट लागेको छ भने सापकोटालाई बाहिरी चोट नलागे पनि छाती दुख्ने समस्या रहेको प्रहरीले जनाएको छ।
उक्त घटनापछि ट्रक चालक मकवानपुर, हेटौँडा-७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij