२०८२ माघ ७ गते बुधवार
काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आफ्नो पक्षका युवाको भेला आयोजना गरेको छ । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन पोखरेल समूहले युवा भेलाको आयोजना गरेको हो ।
ओली पक्षले बिहीबार स्वयंसेवक भेला आयोजना गरेपछि पोखरेल पक्षले त्यसलाई काउन्टर दिन शुक्रबार युवा भेलाको आयोजना गरेको हो ।
पोखरेल समूहले महाधिवेशनको व्यवस्थापनसँग सम्बन्धित कतिपय कामहरूमा आफूहरूलाई सहभागी नगराएको भन्दै असन्तुष्टि पोख्दै आएको छ ।
कार्यक्रममा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल लगायत सो समूहका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
एमाले महासचिव शंकर पोखरेलले शनिबारबाट सुरु हुने ११ औं महाधिवेशन तयारीबारे भक्तपुर स्थित सल्लाघारीमा पत्रकार सम्मेलन गर्दैछन् । दिउँसो २ बजे हुने पत्रकार सम्मेलनमा महाधिवेशनको तयारीबारे जानकारी दिइने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij