Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

ईश्वर पोखरेल समूहको छुट्टै युवा भेला आयोजना, शंकरको पत्रकार सम्मेलन

ईश्वर पोखरेल समूहको छुट्टै युवा भेला आयोजना, शंकरको पत्रकार सम्मेलन


  • 1.2K
    Shares

    • images
    ईश्वर पोखरेल समूहको छुट्टै युवा भेला आयोजना, शंकरको पत्रकार सम्मेलन

    काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आफ्नो पक्षका युवाको भेला आयोजना गरेको छ । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन पोखरेल समूहले युवा भेलाको आयोजना गरेको हो ।

    ओली पक्षले बिहीबार स्वयंसेवक भेला आयोजना गरेपछि पोखरेल पक्षले त्यसलाई काउन्टर दिन शुक्रबार युवा भेलाको आयोजना गरेको हो ।

    पोखरेल समूहले महाधिवेशनको व्यवस्थापनसँग सम्बन्धित कतिपय कामहरूमा आफूहरूलाई सहभागी नगराएको भन्दै असन्तुष्टि पोख्दै आएको छ । 

    कार्यक्रममा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल लगायत सो समूहका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

    एमाले महासचिव शंकर पोखरेलले शनिबारबाट सुरु हुने ११ औं महाधिवेशन तयारीबारे भक्तपुर स्थित सल्लाघारीमा पत्रकार सम्मेलन गर्दैछन् । दिउँसो २ बजे हुने पत्रकार सम्मेलनमा महाधिवेशनको तयारीबारे जानकारी दिइने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १०:४७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij