Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

'कांग्रेसले युवाहरूलाई रोक्दै लोकतान्त्रिक अधिकार अवरुद्ध गर्यो, हामी दास होइनौँ'

'कांग्रेसले युवाहरूलाई रोक्दै लोकतान्त्रिक अधिकार अवरुद्ध गर्यो, हामी दास होइनौँ'


  • 6.0K
    Shares

    • images
    'कांग्रेसले युवाहरूलाई रोक्दै लोकतान्त्रिक अधिकार अवरुद्ध गर्यो, हामी दास होइनौँ'

    नेपाली कांग्रेसका नेता तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसले युवाहरूलाई रोक्दै लोकतान्त्रिक अधिकार अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । 

    पार्टीले आगामी चुनावमा भाग लिन गाउँपालिका, नगरपालिका  र प्रदेशमा बहाल रहेका जनप्रतिनिधि रोकिनुपर्ने चर्चा भइरहेका बेला अध्यक्ष शेर्पाले कुनै पनि कानुनले आफूलाई चुनाव लड्न निषेध नगर्ने स्पष्ट दाबी गरेको हो ।

    उनले सामाजिक संजालमा लेखेका छन्, "नेपाली कांग्रेसले हामी युवाहरूलाई रोक्दै लोकतान्त्रिक अधिकार अवरुद्ध गर्न मिल्दैन। कुनै पनि नियम–कानुनमा हामीलाई चुनाव लड्न रोक्ने प्रावधान छैन, कसैले पनि रोक्न सक्दैन। त्यसैले अब हामी तयारी गरौँ।

    यदि रोक्नै भनेको हो भने, समान मापदण्ड सबैमा लागू होस्-संघीय सभासद् रहेका सबैलाई समेत रोक्नुस्। केवल छानेर केही व्यक्तिमाथि मात्र रोक लगाउने मनोमानी अब चल्दैन। निमा ग्याल्जेन चुनाव लड्नबाट पछि हट्दैन। पार्टीले जुन निर्णय गरे पनि गरोस्, मैले आफ्नो लोकतान्त्रिक अधिकार कहिल्यै छोड्दिन।

    गाउँपालिका वा प्रदेशमा ‘बहाल रहेकाहरूलाई’ चुनाव लड्न नदिने प्रावधान कुन कानुनमा छरु”“हामी तपाईंहरूको दास होइनौँ। सबै गलत निर्णय मान्दैनौँ। के गर्नु हुन्छ, गर्नुहोस् ।"

    आगामी महासमिति तथा आन्तरिक संरचना पुनर्गठन प्रक्रियाअगाडि नेपाली कांग्रेसमा उमेदवारी सीमांकनका विषयमा चलिरहेको बहस बीच अध्यक्ष शेर्पाको यस्तो अभिव्यक्तिलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

    nima image.JPG

     

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - १७:३४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij