Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नीरज चौधरीको हत्या आरोपमा लुम्बिनीका पूर्वमुख्यमन्त्रीका भाइ पक्राउ

नीरज चौधरीको हत्या आरोपमा लुम्बिनीका पूर्वमुख्यमन्त्रीका भाइ पक्राउ


  • 1.5K
    Shares

    नीरज चौधरीको हत्या आरोपमा लुम्बिनीका पूर्वमुख्यमन्त्रीका भाइ पक्राउ

    काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २७ वर्षीय नीरज चौधरीको बर्दियाको राजापुरमा भएको हत्याको आरोपमा महावीर चौधरी पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले कैलाली बैजपुरबाट तुलसीपुर-५ को ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो।

    पक्राउ परेका महावीर चौधरी लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा दाङका कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ रहेको खुलेको छ।

    बर्दियाको राजापुरमा रहेको हमार थारू रेष्टुरेन्टमा नीरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो। गोली लागेर घाइते भएका चौधरीलाई उपचारका लागि नेपालगञ्ज पुर्‍याएपछि प्रहरीलाई घटनाबारे जानकारी भएको थियो।

    प्रहरीले महावीरको साथबाट पेस्तोलसमेत बरामद गरेको जानकारी दिएको छ। यद्यपि, बरामद भएको पेस्तोल हत्यामा प्रयोग भएरनभएको पुष्टि हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ।

     

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - १३:४८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij