२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको निरीक्षण तथा अवलोकन गरेकी थिइन्। केही समयअघि जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुगेकी हुन्।
निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको मुख्य गेट, सभाहल, बैठक कक्षलगायतका क्षेत्रमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गर्न पुगेकी छिन् । उनले क्षतिग्रस्त संरचना तथा सामग्रीहरू नजिकबाट हेरीन्। संसद सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोडफोड र हालसम्मको मर्मत-सम्भारको अवस्थाबारे ब्रिफिङ गरीन् ।
जेनजी आन्दोलनका नाममा भएको उक्त तोडफोड र आगजनीको घटनालाई लिएर देशव्यापी रूपमा आलोचना भएको थियो भने संसद भवनको सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठेको थियो । पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको अवलोकनपछि कुनै प्रतिक्रिया भने दिएको छैन । यसअघि भण्डारीले क्षतिग्रस्त सिंहदरबारको अवलोकन पुगेकी थिइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij