२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग साक्षात्कार गर्ने भएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको उक्त कार्यक्रम दिउँसो १ बजे काठमाडौंमा हुने तय गरिएको हो ।
शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र आगामी राजनीतिक रणनीतिबारे सम्पादकहरूसमक्ष खुलस्त राख्ने तयारी गरेको बताइएको छ । एक एमाले नेताका अनुसार ओलीले आमअपेक्षा भन्दा फरक विषय सार्वजनिक गर्ने मनस्थितिमा छन् ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरको तीनकुने मैदानमा हुने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij