Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु


  • 1.6K
    Shares

    रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

    काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आईटी पार्क गेट अगाडि गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

    बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१७ प ०४०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पनौतीबाट बनेपातर्फ जानका लागि सडक किनारमा रोकिराखिएको गिट्टी लोड गरिएको बा २ ख ७३५० नम्बरको टिपर तथा बागमती प्रदेश ०१–००६ ख २२१७ नम्बरको टिपर मा ठोक्किँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा मोटरसाइकल चालक बाँकेको नेपालगञ्ज स्थायी घर भई हाल पनौती नगरपालिका–७ मा बसोबास गर्दै आएका १८ वर्षीय सुदिप खत्री गम्भीर घाइते भएका थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

    प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल अत्यधिक गतिमा (ओभर स्पिड) रहेको र सोही कारण रोकिराखिएको टिपरमा ठोक्किएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - ०८:०५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij